Connect with us

राजनीति

एमालेले उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने

Published

on

सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

विगत तीन दिनदेखि देशभर परेको अत्याधिक वर्षात्का कारण कम्तिमा पनि १०७ जनाले ज्यान गुमाएका छन् भने कविर ७० जना हालसम्म वेपत्ता छन् । आज दिउँसोका लागि सरकारले बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले सुझावहरु राख्ने पनि निर्णय भएको एमालेले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.