तथ्य खोज
कान्तिपुर पब्लिकेसन्समा कार्यरत श्रमजीवी पटक–पटक किन रोज्छन् आत्महत्याको बाटो ?
Published
5 महिना agoon
By
Nepal Muharझण्डै एक दशककाबीचमा कान्तिपुर पब्लिकेसन्समा कार्यरत होस् वा त्यसका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलास सिरोहियाको घरमा काम गर्न राखेको कामदार– छ जनाले आत्महत्या गरिसकेका छन् ।
कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित कान्तिपुर दैनिकले अस्ति १८ असारमा पृष्ठ ४ मा एउटा श्रद्धान्जली प्रकाशित गर्यो, जहाँ लेखिएको थियो, ‘कान्तिपुर पब्लिकेसन्सको मार्केटिङ विभागमा कार्यरत सहकर्मी कविता आर.सी. श्रेष्ठको असामयिक स्वर्गारोहण भएको आज १३ औं दिनको पुण्यतिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अपर्ण गर्दछौं । साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’
कान्तिपुर दैनिकमा प्रकाशित श्रद्धान्जली
६ असार बिहान साढे ८ तिर कविता शयन कोठा ‘बेड रुम’ मा झुण्डिएको अवस्थामा फेला परेकी थिइन । कान्तिपुर पब्लिकेसन्सको ‘मार्केटिङ’ विभागमा झण्डै १८ वर्षदेखि कार्यरत थिइन, उनी । कान्तिपुर पब्लिकेसन्सको मार्केटिङ विभाग प्रमुख असुरारी ज्ञवालीका अनुसार कविता ‘मार्केटिङ्ग एक्जुकेटिभ’ पदमा कार्यरत थिइन । आत्महत्याको दुःखद बाटो अपनाउनु अघिल्लो दिन उनले ‘अफिस’ (कार्यालय) आएर दिनभर काम गरेकी थिइन । ५ असार बेलुकीपख नारी टिमका साथीहरुसँग खाजा खाएर उनी निवास फर्किएकी ज्ञवाली बताउँछन् ।
“उहाँलाई एनजाइटिङ (डिप्रेसन) रहेछ । तर, अफिसमा केही भन्नु भएको थिएन । त्यसैले हामीलाई केही जानकारी भएन । लक्षण केही देखिएको थिएन“, ज्ञवाली भन्छन्, “अफिसमा जानकारी भएको भए हामी त्यही अनुसार सल्लाह दिने थियौं । हामीले देख्दा सुखी, खुशी परिवार थियो । एकै पटक दुःखद खबर सुन्नु पर्यो । विस्वास नै लागेको छैन ।”
सुर्खेतकी कविता आरसी (रोकाया क्षेत्री) कान्तिपुर पब्लिकेसन्सको मार्केटिङ विभागमा कार्यरत पुराना मध्येकी कर्मचारी हुन् । उनले सिन्धुलीका रोशन श्रेष्ठसँग प्रेम विवाह गरेकी थिइन । जसको जेठी छोरी कक्षा ११ र कान्छी छोरी कक्षा ४ मा अध्ययन गरिरहेका छन् । कविता (आमा) झुण्डिएको सुरुमा कक्षा ११ मा पढ्दै गरेकी छोरीले देखेकी थिइन । त्यसबेला उनका श्रीमान किचन रुम (भान्सा कोठा) मा खाना पकाउँदै थिए । उनी झुण्डिएको देखेपछि बाबु–छोरी भएर हतार–हतार डोरी काटेर अस्पताल पुर्याएका थिए । तर, अस्पतालले मृत घोषणा गरेको थियो ।
कविताले आत्महत्याको बाटो रोजेको सूचना पाएपछि कान्तिपुर पब्लिकेसन्सको प्रशासन र मार्केटिङ विभागले त्यस पब्लिकेसन्समा कार्यरत कर्मचारीहरुलाई उनको मृत्युबारे फेसबुकमा केही नलेख्न कडा निर्देशन दिएको मार्केटिङ विभागमा कार्यरत एक जना कर्मचारी बताउँछन् । “फेसबुकमा कुनै कर्मचारीले लेखेमा जागिर नै खाई दिने धम्की दिइएको थियो । त्यही कारण त्यस पब्लिकेसन्समा कार्यरत कुनै पनि कर्मचारीले कविताको ‘आत्महत्या’ बारे सामाजिक सञ्जालमा केही लेखेनन्”, उनी भन्छन् । कविताको आत्महत्याको सबैभन्दा रहस्यमय पाटो यही हो कि कान्तिपुर पब्लिकेसन्सले उनको ‘असामयिक मृत्यु’ मा ‘स्टाफ’ हरुलाई श्रद्धान्जली लेख्न समेत किन रोक लगायो ?
कान्तिपुर पब्लिकेसन्सले दिएको ‘कडा’ निर्देशनकै कारण सहकर्मीहरु कसैले पनि कविताको ‘मृत्यु’ बारे सामाजिक सञ्जालमा केही नलेखेको अर्का कर्मचारीले पनि पुष्टि गरे । कविताको ‘पोष्ट मार्टम’ शिक्षण अस्पतालमा भएको थियो । नेपालमुहार डटकमले कविताको आत्महत्याबारे दोस्रो दिन नै जानकारी पाएको थियो । यसबारे बुझ्न खोज्दा कान्तिपुर सम्वद्ध कसैले पनि केही बताएका थिएनन्। सबै तैं चुप मैं चुप थिए । तर, १३ औं दिनका दिन कान्तिपुर आफैंले श्रद्धान्जली प्रकाशित गरेपछि कविताको ‘असामहिक निधन’ पुष्टि भएको थियो । कान्तिपुर पब्लिकेसन्सले लक्ष्य अनुसार विज्ञापन नल्याएको भन्दै पटक–पटक दबाब दिने गरेको उनले निकटहरुसँग बताउने गरेकी एक जना कर्मचारीले बताएका छन् ।
कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँलाई पनि दुई वर्ष अघि ‘आत्महत्या’ को दुःखद बाटो रोज्न बाध्य पारिएको थियो । बानियाँको मृत शरीर मकवानपुरको मान्दु हाइड्रोपावरस्थित सिस्नेरीमा फेला परेको पर्सी २८ साउनमा मात्र दुई वर्ष पुग्नेछ । २६ साउन ०७७ को अपरान्ह साढे तीन बजेतिर बल्खुस्थित तरकारी तथा फलफूल बजार नजिकैको बागमती नदीमा हाम फालेर बेपत्ता भनिएका पत्रकार बानियाँको मृत शरीर त्यसको दुई दिनपछि सिस्नेरीमा फेला परेको थियो । बानियाँ कान्तिपुर दैनिकमा करिब दुई दशकदेखि आबद्ध थिए ।
उनले ‘आत्महत्या’ को बाटो रोज्नु अघि कान्तिपुर दैनिकले बानियाँको ‘बाइलाइन’ मा ‘चीनले नेपाली सीमा मिचेको’ समाचार प्रकाशित गरेको थियो । तर, नेपालको परराष्ट्र मन्त्रालयदेखि चीनको विदेश मन्त्रालय समेतले समाचार सफेद झुट भन्दै विज्ञप्ति सार्वजनिक गरेपछि उनीभन्दा माथिका ‘मालिक’ हरुले आफ्नो इज्जत र जागिर जोगाउन बानियाँलाई स्पष्टिकरण सोधेर बलिको बोको बनाएका थिए । उनलाई राजनीतिक ब्युरो प्रमुखबाट हटाएर कनिष्ठलाई त्यो भारी बोकाउँदै बानियाँलाई जिम्मेवारीविहिन बनाएका थिए । यतिले मात्र नपुगेर केही दिन कार्यालय नआउनुस् भन्दै घरमै ‘बन्धक’ बनाएका थिए । त्यसपछि उनी कहिल्यै कार्यालय फर्किएनन् । बैंकबाट ऋण लिएर घर निमार्ण गरिरहेका बानियाँलाई आफूले अक्षर कुँदेर जीवन बिताएको कान्तिपुर पब्लिकेसन्सको यस्तो अशिष्ट रवैयाले मर्माहत नबनाउने कुरै थिएन ।
यही मेसोमा घर छाडेका बानियाँ कहिल्यै श्रीमती, छोराछोरीको अनुहार हेर्न फर्केनन । बल्खु पुलछेउबाट उर्लदो बागमतीको भेलमा हाम फालेका भनिएका बानियाँको मृत शरीर दुई दिनपछि मात्र भेटिएको थियो । घटना लगत्तै बानियाँकी श्रीमतीले कान्तिपुर पब्लिकेसन्स विरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न खोजेकी थिइन । तर, आर्थिक प्रलोभन देखाएर अन्तिम समयमा मुद्दा दर्ता गर्नबाट रोकिएको थियो । साथै बागमतीमा हाम फाल्नु अघिल्लो रात बानियाँ बास बसेको घरका घरधनी छायाँचन्द भण्डारी विरुद्ध मुद्दा दर्ता गर्न कान्तिपुरले उकासेको थियो । कान्तिपुरको यही उक्साहटपछि प्रहरीले भण्डारीलाई लामो समयसम्म निगरानीमा राखेर दुःख दिएको थियो । बानियाँको ‘आत्महत्या’ लाई त्यसबेला कान्तिपुर दैनिकले आत्महत्या नभनेर ‘निधन’ भनेको थियो । अनि राजनीतिक ब्युरो प्रमुखको जिम्मेवारीबाट हटाएको कान्तिपुरले उनको निधन पछि भने ‘सहायक सम्पादक’ भनेर लेखेको थियो ।
बानियाँको आत्महत्यापछि कान्तिपुर दैनिकमा प्रकाशित समाचार
कविता र बलराम मात्र होइन, कान्तिपुर पब्लिकेसन्सको व्यवहारबाट दुखित बनेर अग्रज पत्रकार भरत भुर्तेलले पनि आत्महत्याको बिडम्वनापूर्ण बाटो रोजेका थिए । मंसिर ०६५ मा कान्तिपुर पब्लिकेसन्सले सह–प्रकाशन नेपाल साप्ताहिकमा अग्रज पत्रकार भुर्तेललाई सल्लाहकार सम्पादक बनाएर भित्रयाएको थियो । तर, एक वर्षपछि उनलाई अपमानजनक ढंगले हटाईयो ।
भरत भुर्तेल
पब्लिकेसन्सले हटाएको लामो समय नबित्दै भुर्तेलले गौशालाको एक होटलमा झुण्डिएर आत्महत्या गरेका थिए । ललितपुरको बालकुमारीमा घर निमार्ण गरिरहेका भुर्तेलको आयको बाटो कान्तिपुर पब्लिकेसन्सले खोसि दिएपछि उनले आत्महत्याको बाटो रोजेका थिए । त्यसबेला पनि भुर्तेलकी श्रीमती र छोरीहरुले कान्तिपुर पब्लिकेसन्स विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गर्न खोजेका थिए । तर, नेपाल साप्ताहिकमा कार्यरत दुई जना वरिष्ठ पत्रकारहरुलाई दिनहुँ परिचालन गरेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता रोक्न कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहिया सफल भएका थिए ।
०७१ मा कान्तिपुर टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन उत्तम खड्काले पनि आत्महत्या गरेका थिए । गस्तीको प्रहरीले उनलाई अचेत अवस्थामा ललितपुरको च्यासलस्थित फुटबल मैदान नजिकै फेला पारेको थियो । प्रहरीले पाटन अस्पताल पुर्याए पनि उनको मृत्यु भएको थियो । जानकारका अनुसार खड्काको परिवारलाई कान्तिपुरले बीमालगायत क्षतिपूर्ती समेत सहयोग गरेन । खड्का परिवारका सदस्यले क्षतीपूर्तीका लागि दशौं पटक याचना गरेपनि कान्तिपुरले रित्तो हात फर्काएको थियो । त्यसैगरी ‘कान्तिपुर आज’ को ‘प्रोडक्सन’ मा कार्यरत क्यामेरा पर्सन रुपसिंह मडैले पनि आत्महत्या गरेका थिए । मडैको आत्महत्यालाई पनि कान्तिपुर पब्लिकेसन्सले निकै हल्का रुपमा लिएको थियो ।
त्यसो त कान्तिपुर पब्लिकेसन्सको कार्यालयमा मात्र होइन, कान्तिपुर पब्लिकेसनसका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलास सिरोहियाको घरमा काम गर्ने कामदार समेत मृत भेटिएका थिए । सिरोहियाको मण्डिकाटारस्थित घरमा काम गर्न बर्दियाबाट ल्याइएका चौधरी थरका कामदार करिब ६ वर्ष अघि ‘वाथरुम’ मा मृत भेटिएका थिए । घरमा कामदार मृत भेटिएको घटनालाई हतार–हतार प्रहरीलाई मुचुल्का उठाउन लगाएर सिरोहियाले सामसुम पारेका थिए ।
कान्तिपुर पब्लिकेसन्सको एचआर (मानव संशाधन) विभाग प्रमुख परमानन्द खनालका अनुसार अस्ति ६ असारमा आत्महत्या गर्ने कविता आर.सी. श्रेष्ठ मेहनती कर्मचारी हुन् । दुई महिना अघि मात्र उनको तलब बढेको थियो । उनले आत्महत्या किन गरिन ? ‘सुसाइड नोट’ केही भेटिएन । त्यसैले आत्महत्या किन गरिन भन्ने खुलेको छैन । “हामीले देख्दा कविताजीको एकदमै राम्रो थियो । श्रीमान् पनि उनको इसारा अनुसार नै चल्ने थिए रे । चार वर्ष अघि पनि एक पटक आत्महत्या प्रयास गरेर बचाएको रहेछ । यो कुरा हामीलाई उनले आत्महत्या गरेपछि मात्र थाहा भयो”, खनाल भन्छन्, “फ्रष्टेड हुने, डिप्रेसनमा जाने, आत्महत्या गर्ने एक त रोग नै हुने रहेछ । अफिसियल रुपमा मैले भन्दा कविताजी, बलराम दाईले किन आत्महत्या गरे ? मसँग कुनै उत्तर छैन ।”
आफ्नो पब्लिकेसन्समा कार्यरत श्रमजीवी कर्मचारीको शारीरिक, मानसिक अवस्था के–कस्तो छ ? समय–समयमा जाँच, मनोपरामर्श गर्ने दायित्व सम्बन्धित कम्पनीको हो । तर, जुनसकै बेला पनि ‘काम, काम र काम’ भनेर श्रम शोषण गर्ने पब्लिकेसन्सले कहिल्यै श्रमजीवीको स्वास्थ्य अवस्थाबारे ध्यान दिएको जानकारी छैन । परिणाम, आशलाग्दा व्यक्तिले पनि आत्महत्याको दुर्दान्त बाटो रोजिरहेका छन् । झण्डै एक दशककाबीचमा कान्तिपुर पब्लिकेसन्समा कार्यरत होस् वा त्यसका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलास सिरोहियाको घरमा काम गर्न राखेको कामदार– छ जनाले आत्महत्या गरिसकेका छन् । तै पनि कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलास सिरोहियाको ‘दादागिरी’ यथावत् छ ।
कान्तिपुर पब्लिकेसन्सले सञ्चार क्षेत्रमा जसरी आफूलाई अग्रणी संस्था दाबी गरिरहेको छ, त्यसैगरी श्रम शोषणमा पनि त्यो कम्पनी सबैभन्दा अघि छ । मुलुकका निजी क्षेत्रका सञ्चार गृहमा श्रमजीवी पत्रकारहरुमाथि श्रमको शोषण गर्ने तरिका कान्तिपुर पब्लिकेसन्सले नै सिकाएको छ । कान्तिपुर पब्लिकेसन्सले मात्र श्रमजीवीहरुको अत्याधिक श्रम शोषण गरेको हुन्थेन भने अरुले पनि त्यही सिको गर्ने थिएनन् ।
सार्वभौम संसदले बनाएको कम्पनी ऐनमा टेकेर कान्तिपुर पब्लिकेसन्सका मालिक कैलास सिरोहिया एण्ड कम्पनीले यो व्यवसायमा प्रवेश गर्दा आफैंले कल्पना नगरेको अर्बौ पैसा कमाएका छन् । तर, त्यही संसदले बनाएको श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रमजीवी पत्रकार नियमावली, २०५३ को भने सिरोहिया एण्ड कम्पनीले उडाउनसम्म धज्जी उडाईरहेका छन् । श्रमिकहरुको रगत, पसिना चुसेर आफू मोटाउने अनि उनीहरुलाई भने आत्महत्या गर्न बाध्य पार्ने कान्तिपुर पब्लिकेसन्स र यसका मालिक कैलास सिरोहियाको अकुत सम्पतिमाथि छानविन गर्ने हिम्मत सम्पति शुद्धिकरण विभागले गर्ला ? यसबेलाको अहं प्रश्न यही हो ।
तत्कालका लागि यो भन्दा अझ् महत्वपूर्ण सवाल यो हो कि कान्तिपुर पब्लिकेसन्समा कार्यरत श्रमजीवीहरुले मात्र किन आत्महत्या गरिरहेका छन् ? छानविन कसले गर्ला ?माधव बस्नेत – २०८०-११-१२
झण्डै एक दशककाबीचमा कान्तिपुर पब्लिकेसन्समा कार्यरत होस् वा त्यसका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलास सिरोहियाको घरमा काम गर्न राखेको कामदार– छ जनाले आत्महत्या गरिसकेका छन् ।

तत्कालका लागि यो भन्दा अझ् महत्वपूर्ण सवाल यो हो कि कान्तिपुर पब्लिकेसन्समा कार्यरत श्रमजीवीहरुले मात्र किन आत्महत्या गरिरहेका छन् ? छानविन कसले गर्ला ?