Connect with us

राजनीति

चितवन-१: महिला मतदाता बढी उम्मेदवार कम

Published

on

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

पुरुषभन्दा बढि महिला मतदाता रहेको चितवनको क्षेत्र नम्बर १ मा महिला उम्मेदवारको संख्या भने निकै कम रहेको छ । पूर्बी चितवनको रत्ननगर, खैरहनी र राप्ती गरी तीन नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ४९ हजार ६ सय २१ मतदाता रहेका छन् । तीमध्ये ५० दशमलव ७० प्रतिशत अर्थात् ७५ हजार ८६० महिला मतदाता रहेका छन् । पुरुषको सङ्ख्या ७३ हजार ७६१ रहेको छ । यो ४९ दशमलव ३० प्रतिशत हो । महिला मतदाताको सङ्ख्या बढी भए पनि प्रतिनिधि सभा सदस्यका १८ जनामध्ये दुई जना मात्र महिला उम्मेदवार छन् । ती पनि ठूला दलका नभएर साना दलका हुन् ।

राष्ट्रिय जनमोर्चाले सीतादेवी क्षेत्री र नेशनल रिपब्लिक नेपालले ईश्वरी गुरुङलाई उम्मेदवार बनाएको छ । यसअघि निर्वाचन जितेका ठूला दलले भने महिला उम्मेदवार दिन सकेनन । यस क्षेत्रमा राजनीतिक दलका १५ र स्वतन्त्र तीन जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशत खश आर्य छन् । ३३ दशमलव ३३ प्रतिशत आदिवासी जनजाति छन् भने थारु, दलित र मधेशी ५ दशमलव ५६ प्रतिशतका दरले रहेका छन् ।

यस क्षेत्रमा ५६ वटा मतदानस्थलमा १ सय ६८ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रको राप्ती नगरपालिकाको केही भूभाग पहाडी क्षेत्रमा पर्दछ भने बाँकी समथर क्षेत्रमा पर्दछ ।

रासस

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.