Connect with us

अन्तर्राष्ट्रिय

जय ट्रफीः मधेसलाइ हराउँदै आर्मी ८ विकेटले बिजयी

Published

on

त्रिभुवन आर्मी क्लब ८ विकेटले बिजयी भएको छ । 

जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउँदै बिजयी भएको हो । मधेश प्रदेशले दिएको जम्मा २८ रनको लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा नै सफलता हासिल गरेको हो ।

आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरे पनि मधेश प्रदेश पहिलो इनिङमा १०२ रनमै अलाउट भएर फलोअनमा परेको थियो । जारी खेलमा १२३ रनले पछि परेको मधेशले दोस्रो इनिङमा भने १५० रन मात्रै जोड्न सक्यो ।

जम्मा २८ रनको लक्ष्य पाएको आर्मीले त्रितराज दास र सन्तोष कार्कीलाई गुमाए पनि ओपनर इमरान सेख र बसिर अहमदले टिमलाई जित दिलाउन सफल भएका थिए ।

जितसँगै त्रिभुवन आर्मी क्लव फाइनल नजिक पुगेको छ भने मधेशको टिम भने आइतवारबाट बाहिरिएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.