Connect with us

राजनीति

थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गरी पानी सुचारु गराउन मन्त्री यादवको निर्देशन

Published

on

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षती भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मगरी नागरिकलाई शुद्ध पानी वितरण गर्न निर्देशन दिएका हुन् ।

मन्त्री यादवले भने, ‘हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुचारु गर्न निर्देशन दिइसकेको छु ।’

यसैगरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दु:ख व्यक्त गर्दछु । सो घटनाका विषयमा छानविन गर्छौँ ।’

मन्त्री यादवको निर्देशन पश्चात अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले मर्मतकार्य तीव्र रूपमा अघि बढाइ आजै पानी वितरण गरिने मन्त्रालयले जनाएको छ ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.