Connect with us

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमको अमेरिकामा विजयी शुरुवात

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा विजयी शुरुवात गरेको छ । टी- २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनाएको थियो ।

अमेरिकाका लागि शायान  जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेज गोउसले ३० तथा मिलिंद कुमारले २२ रन बनाएका थिए । त्यस्तै नेपालका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३ विकेट लिएका थिए भने गुलशन झा, करण केसी र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९  रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब दोस्रो खेल आइतबार बिहान हुने तालिका रहेको छ ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.