Connect with us

अर्थ

नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Published

on

नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जनाएको छ । आज (मंसिर ९ गते ) सम्म कायम सेयरधनीले मात्र बैंकको सभामा भाग लिनु पाउने र लाभांसको हकदार हुने बैंकले जनाएको छ । 
बैंकले प्रस्तावित लाभांश पारित गर्ने लगायतका एजेन्डा राखेर यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ। 
नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा भने यस बैंकले ११% नगद लाभांश वितरण गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.