Connect with us

मनोरञ्जन

पुष्पामा अल्लु अर्जुनले ३०० करोड, अरूको पारिश्रमिक कति ?

Published

on

फिल्म ‘पुष्पा २’को ट्रेलर रिलिज हुनासाथ यसले तहल्का नै मच्चाइसकेको छ ।

फिल्मको संवाद ट्रेलर रिलिज भएको केही समयमा नै फ्यानको मुखमा झुण्डिएको छ । ट्रेलरमा रश्मिका मन्दाना, अल्लू अर्जुन र फहाद फासिलको शैलीलाई दर्शकले निकै मन पराएका छन् ।

फिल्मले चर्चा पाइरहँदा यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने चासो जनमानसमा उत्तिकै छ । यहाँ फिल्मका कलाकारले लिएको पारिश्रमिकबारे उल्लेख गरिएको छ ।

‘पुष्पा २’मा फहाद फासिल विलेन भूमिकामा देखिँदैछन् । फिल्मको पहिलो भागमा उनले दर्शकबाट राम्रै माया पाएका थिए । उनले फिल्म ‘पुष्पा २’बाट ८ करोड पारिश्रमिक लिएका छन् ।

 
फिल्मकी नायिका रश्मिका मन्दानाले फिल्ममा श्रीवल्लीको भूमिका निभाएकी छन् ।  उनले फिल्ममा श्रीवल्ली बन्नका लागि १० करोड पारिश्रमिक लिएकी छन् ।

फिल्मका शीर्ष कलाकार अल्लू अर्जुनको पारिश्रमिक सर्वाधिक छ । उनले फिल्मकै लागि ३ सय करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिकसँगै उनी बलिउडको सबैभन्दा महंगो अभिनेता बनेका छन् ।

उनले बलिउडका सलमान खान र शाहरुख खान जस्ता सुपरस्टारलाई पनि पारिश्रमिकको मामलामा पछि पारेका छन् ।

नायिका श्रीलीलाले ‘पुष्पा २’मा आइटम नृत्य गर्नका लागि करिब २ करोड रुपैंयाँ लिएकी छन् । उनले ‘पुष्पा’मा आइटम नृत्य गरेकी सामन्थालाई ‘रिप्लेस’ गरेकी हुन् ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.