Connect with us

अन्तर्राष्ट्रिय

युद्धविराम सम्झौताको विरोध गर्दै इजरायल सरकारमा सहभागी यहुदीका सुरक्षा मन्त्रीको राजीनामा

Published

on

इजरायलको सरकारमा सहभागी दक्षिणपन्थी यहूदी पावर पार्टीले युद्धविराम सम्झौताको विरोधमा सरकारबाट बाहिरिने घोषणा गरेको छ।

यो कदमले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अत्यन्त न्यून संसदीय बहुमतको अवस्थामा छोडेको समाचार एजेन्सीहरूले जनाएका छन्।

आइतबार बिहान राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-गभिर, यित्जाक वासरलौफ र अमिचाई एलियाहुले प्रधानमन्त्री नेतान्याहुलाई राजीनामा पत्र बुझाएका छन्।

बेन-गभिरले लामो समयदेखि युद्धविराम सम्झौताको विरोध गर्दै आएका थिए र गाजामा हमासविरुद्ध इजरायलको सैन्य अपरेशन जारी राख्न आग्रह गरेका थिए।

उनले प्रधानमन्त्री नेतान्याहुलाई पठाएको राजीनामा पत्रमा सरकारलाई अस्थिर बनाउन काम नगर्ने बताएका छन्।

 उनले युद्धविराम सम्झौताको कडा आलोचना गर्दै यसलाई ‘आतंकवादको पूर्ण विजय’ भनेका छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.