Connect with us

राजनीति

रास्वपाको राष्ट्रिय भेलामा देशभरबाट १५ सय प्रतिनिधि सहभागी हुने

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराएको हो ।

सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनमा राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु आउने जानकारी दिएका छन् ।

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने सांगठनिक प्रतिवेदन पनि प्रस्तुत गरिने उनले बताए । सह–महामन्त्री बुर्लाकोटीका अनुसार सातै प्रदेशबाट आएका प्रदेश सभापतिहरुले पनि संक्षेपमा प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.