Connect with us

विशेष रिपोर्ट

विश्वासको मत नलिई लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

Published

on

नेपाल मुहार – २०८०-१२-२२ 

बुटवल । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् ।

यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।

यस अघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेसहितका पाँच बुँदे सहमति गरेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.