Connect with us

अर्थ

२७ अंकले घट्यो नेप्से

Published

on

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७ अङ्कले घटेको छ । आज नेप्से २७.३२ अङ्कले बढेर २५३६.११ अङ्कमा पुगेको छ  ।

आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर एक लाख ८८ हजार ८६५ पटक खरिदबिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ बराबरको कारोबार भएको छ ।

आज बोटलर नेपाल र एशियन हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्सको ९.९७ प्रतिशतले तथा समृद्धि फाइनान्सको ९.६५ प्रतिशतले बढेको छ । 

त्यस्तै आज सबैभन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ७.७९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको ३६ करोड ७ लाख ४६ हजार ४५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपर तामाकोशीको १३ लाख ७६ हजार ९९४ कित्ता शेयर किनबेच भएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.