Connect with us

समसामयिक

१० लाख थान नमूना मतपत्र छापियो

Published

on

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता शिक्षा प्रयोजनका लागि नमूना मतपत्र छपाइ कार्य पुरा भएको छ ।

नेपाली सेनाको सुरक्षा घेरामा सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नमूना मतपत्र छपाइ भएकोे आयोगले जनाएको छ । उक्त निर्वाचनको समानुपातिक र प्रत्यक्ष दुवैतर्फ गरी करिब १० लाख थान नमूना मतपत्र छपाइ भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् । आयोगको टोलीले छपाइ भएको उक्त नमूना मतपत्रबारे आजै निरीक्षण गरी जानकारी लिएको थियो ।

निर्वाचनको समानुपातिकतर्फ सेतो कागजमा कालो रङ्ग र पहिलो विजयी हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ रातो रङ्ग प्रयोग गरिएको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । शुक्रबारदेखि समानुपातिकको मतपत्र छपाइ सुरु हुने सूचना अधिकारी घिमिरेले बताएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.