२०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । ०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था फालेर प्रजातन्त्र पुनःस्थापनाका गरेको थियो ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च मानक बनाएका सिंह सबै पार्टी र व्यक्तिको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । ०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेर नेपाली राजनीतिमा त्यागको नमूना प्रस्तुत गरेका थिए ।
सर्वोच्च नेता सिंहसँग निकै नजिक रहेर काम गरेका अग्रज पत्रकार माथवरसिंह बस्नेतका अनुसार सिंहले १९९७ सालमा प्रजातन्त्रका लागि घरपरिवार त्यागेका थिए । सिंहले त्यागबाट राजनीतिक जीवन सुरु गरेर १९९७ सालदेखि २०४६ सालसम्म प्रजातन्त्रका लागि रिरन्तर योगदान गरेका बस्नेतको भनाइ छ ।
निरत्नर त्याग र निष्ठाकै कारण २०४६ सालमा सिंह आफूलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्न सफल भए । उनले विश्वासघात गर्दैनन् भन्नेमा कांग्रेसका मात्र होइन, कम्युनिष्ट पार्टीमा विश्वास थियो । यस तथ्यलाई राधाकृष्ण मैनालीले आफ्नो पुस्तक नलेखिएको इतिहासमा समेत उल्लेख गरेका छन् । त्यषे त्यस्तो बेला थियो, कम्युनिष्ट पार्टीका सिवभाजित समूहहरु, जसले एकले अर्कोलाई समेत विस्वास गर्दैनथिए ।
सिंहले जयन्तीका अवसरमा गणशेमान सिंह फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्दै छ । यस अवसरमा काठमाडौंको शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रम गरिदैँछ ।