Connect with us

समसामयिक

दरवारमार्गस्थित ‘मधुशाला गीत गजल’ को १४औँ वार्षिकोत्सव हुने

Published

on

काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ १२ गते आफ्नो १४औँ वार्षिकोत्सव विशेष सांगीतिक कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।

मधुशालाका सञ्चालकहरुमध्येका एक जोर्डन राजभण्डारीका अनुसार वार्षिकोत्सवको अवसर पारेर आगामी माघ १२ गते शनिवार अलोकप्रिय गायक तथा संगीतकार राजनराज सिवाकोटी तथा गायिका मिलन नेवारले आफ्नो नयाँ ब्याण्डसहित लाइभ कन्सर्ट दिने भएका छन् । 

सञ्चालक राजभण्डारीका अनुसार लाइभ ब्याण्डसहित प्रस्तुत हुने राजनराज सिवोकाटी तथा मिलन नेवारले आफ्ना लोकप्रिय यूगलहरुको साथमा आ–आफ्ना लोकप्रिय एकल गीतहरुसमेत प्रस्तुत गर्नेछन् । 

मधुशालाका अर्का सञ्चालक अमित श्रेष्ठका अनुसार मधुशाला गीत गजलमा यो जनवरी महिनालाई नै ‘एनिभर्सरी मन्थ’ को रुपमा सेलिब्रेट गरिँदैछ । यसअनुसार यही जनवरी २३ सम्म यो रेष्टुराँमा ग्राहकहरुले खानामा १५ प्रतिशतको छूट पाउने पाइरहेका छन् । यसबाहेक हरेक टेबलमा हूक्का निःशुल्क उपलब्ध गराइएको छ । 

अत्यन्त आकर्षक सजावट, लोभलाग्दो एम्बियन्स तथा स्वादिष्ट परिकारका लागि ग्राहकमाझ परिचित मधुशाला गीत गजलको १४औं वार्षिकोत्सवलाई भव्य बनाउनका लागि राजनराज तथा मिलन नेवारले आफ्नो तर्फबाट तयारी थालिसकेको बताएका छन् । उक्त कार्यक्रममार्फत राजनराज तथा मिलनले आफ्नो नयाँ ब्याण्डको घोषणा गर्दैछन् । वार्षिकोत्सव विशेष कार्यक्रममा मधुशालाको हाउस ब्याण्डले समेत उनीहरुलाई साथ दिने छ । 

मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार अधिकांश ग्राहकहरुले यो रेष्टुराँको खाना तथा सेवा विशेष रुचाइरहेकोमा १४औं वार्षिकोत्सव समारोह अझ भव्य तरिकाले आयोजना गरिँदैछ । राईका अनुसार लोकप्रिय कार्यक्रम प्रस्तोता सुशील नेपालले सञ्चालन गर्ने वार्षिकोत्सव कार्यक्रममा विभिन्न सेलिब्रेटीहरुले पनि सहभागिता जनाउँदैछन् ।

हरेक साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म खुल्ला हुने मधुशाला गीत गजलमा बिहान ४ बजेसम्म लाइभ म्युजिकको कार्यक्रम सञ्चालन भैरहेको छ । मधुशालाको हाउस ब्याण्डले पनि ग्राहकको मन जित्दै आएको छ । पारिवारिक वातावरणलाई कायम राख्न विशेष ध्यान दिइएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.