सत्तारुढ नेकपा (एमाले) का १५ नेता-कार्यकर्ता आज चीन घुम्न जाँदैछन्। एमाल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ नेता कार्यकर्ता चीन जान लागेका हुन् । चीनले प्रधानमन्त्री ओलीको भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरिसकेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा नेताहरु चीन भ्रमणमा जान लागेका एमालेले जनाएको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली यही मंसिरमा चीन जाँदैछन् । त्यसअघि एमालेको उच्चस्तरीय टोली चीन जान लागेको हो ।
चनि घुम्न जाने एमाले टीममा वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव लेखराज भट्ट, एमाले कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी छन्।
त्यसैगरी प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापाको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी र कानुन व्यवसायी सानुराज पोखरेल पनि भ्रमण टोलीमा सहभागी छन् ।
पोखरेलको नेतृत्वमा चीन घुम्न जाने टोलीमा सहभागी एमाले विदेश विभाग सदस्य श्रेष्ठ यसअघि पोखरेलकै स्वकीय सचिव थिए भने कानून व्यवसायी पोखरेल नातेदार हुन् ।