किम जोङ उन सत्तामा आएको १० वर्षमा उत्तर कोरियाले देशबाट बाहिर निस्कन खोज्ने मानिसहरूमाथि कारबाही गरेको छ र देश छोड्नेहरूलाई आफ्नो परिवार र मातृभूमि फर्कन नपाइने आदेश जारी गरेको छ ।
त्यति मात्र हैन, कोरोनाभाइरस महामारीले देश छाडनेहरुको संख्यालाई कम गर्न नेता किमले नियन्त्रणका कदममा वृद्धि गर्दै सीमाक्षेत्रमा कडाइ गर्न चीनलाई समेत दबाब दिए । उत्तर कोरियासँगको सम्बन्ध सम्हाल्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार यस वर्षको अप्रिलदेखि जुनसम्म दुईजना मात्रै उत्तर कोरियाबाट भागेकाहरू दक्षिण कोरियामा प्रवेश गरेका थिए, जुन एकै चौमासिकमा अहिलेसम्मकै सबैभन्दा कम हो । ‘किमले आफ्नो मुलुक छाड्नेहरुलाई कहिल्यै फर्कन नपाउने गरी प्रतिबन्ध लगाएका छन्’ उत्तर कोरियाबाट भाग्न सघाउने ब्रोकरको रुपमा कार्यरत हा जिन भने । उनी स्वयमले सन् २०१३ मा उत्तर कोरिया छाडेका थिए ।
पिता किमजोङ द्धितियको मृत्युपछि सन् २०११ मा सत्ता सम्हालेका किम जोङ उनले उत्तर कोरियाली नागरिकको जीवनस्तर सुधार्न निकै न्यून काम गरिरहेका छन् । ‘पछिल्ला दिनहरुमा त्यहाँ बस्न निकै मुस्किल छ किनभने सरकारले नागरिकबाट सबथोक लुटेको छ । त्यहाँ सयौं मानिसहरु भोकमरीबाट मरिरहेका छन्’ उनले भने ।
तर, किमले यसबीचमा केही परिवर्तनहरु पनि ल्याएका छन् । त्यहाँको एकीकरण मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक विवरण अनुसार किमले निजी क्षेत्रलाई राज्यको नेतृत्वमा रहेका एजेन्टहरुलाई उछिनेर उत्तर कोरियाको सबैभन्दा आर्थिक नेतृत्व बन्न अनुमति दिएका छन् । मन्त्रालयका अनुसार आणविक हतियारविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आर्थिक प्रतिबन्धहरु लगाएपछि त्यहाको कूल गार्हस्थ्य उत्पादन र जीवनस्तरमा सुधारमा पछिल्लो समय कमी आइरहेको छ ।
कोरोनाभाइरस महामारीविरुद्ध उत्तर कोरिया स्वयमले लागू गरेको कडा प्रतिबन्धको कारण मुलुकले खाद्य संकटको सामना गर्नुपरेको छ ।
नागरिकको दुःखलाई लिएर गतवर्ष गरेको सम्बोधनमा किम भावुक त बनेका थिए । यसले उनी केही हदसम्म परिवर्तन भएका हुन् कि भन्ने अनुमान गरिएपनि प्रणालीगत पुनर्संरचना भने हुनसकेको छैन । साथै, किमले विदेशी मिडिया लगायतका कुरालाई पनि कडाइ गरिरहेका छन् ।
‘विद्यालयमा रहँदा मैले कडा अनुशासन महसुस गरेको थिएँ’ सन् २०१४ मा उत्तर कोरिया छाडेका एक २३ वर्षिय तन्नेरीले जसले नाम खुलाउन चाहेनन् । उनले भने, ‘विद्यालयको पोशाक र कपालमा बढी कडाइ गरिएको थियो । दक्षिण कोरियाली फिल्म र संगीतमा पनि रोक लगाइएको थियो ।’
दक्षिण कोरियाली मानवअधिकारीवादी संस्थाका अनुसार दक्षिण कोरियाली पपगीत हेरेको र बाँडेको आरोपमा उत्तर कोरियामा कम्तीमा सातजनालाई मृत्युदण्डाको सजाय सुनाइको छ । देशविरुद्ध काम गर्नेलाई कस्तो सजाय दिने भन्ने लिखित कानून नभएपनि उत्तर कोरियाली सूचनालाई उध्दृत गर्दै सियोलको वेब–पोर्टल डेली एनकेद्वारा प्रकाशित समाचारमा जनाइएअनुसार विदेशी सामाग्री वितरण र उपभोग गर्नेलाई लामो कैद सजाय र मृत्युदण्डसम्म दिइने गरिएको छ ।