पहिलो नृत्य सूत्रको पुस्तक ‘नृत्य सूत्र तथा लिपि’

नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । शनिबार थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुस्तकको लोकार्पण गरे । लोकार्पण समारोहमा लेखकसँगै संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य श्याम तमोट, यही प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्मा, जगदम्बाश्री सम्मान विजेता भैरवबहादुर थापा र गोस्ट राइटिङकाअध्यक्ष कमल ढकालको सहभागिता रहेको थियो । 

पुस्तक लोकार्पण समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्माले शिवराम कासुलाले दुर्लभ काम सम्पन्न गरेको धारणा राखेकी थिइन् ।

‘दुई वर्षअघि हाम्रै संस्थाको नेतृत्वमा यो विषयमा छलफल पनि भएको थियो । त्यतिबेला पनि मलाई उहाँले कठिन मेहनतको काम गर्नुभएछ भन्ने लागेको थियो’ उनले भनिन्, ‘अहिले हेर्दा पनि त्यही लाग्छ । यसले नेपाली नृत्यको अभिलेखीकरणमा मद्दत पुर्‍याउला नै, यो विदेशीका लागि पनि उत्तिकै महत्वपूर्ण दस्तावेज बन्छ भन्ने विश्वास छ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *