अप्राप्य क्षितिज

घर छोडी भागेँ म
साथीहरू मारी हराएँ म
समाजलाई फ्यालेर उडेँ म ।

रफ्तारमा उड्दै गएँ
क्षितिज भेट्ने प्रयास गर्दै
तर क्षितिज सधैँ मायावी रह्यो
विचरा म
क्षितिज भेट्छु भन्ने आशामा
अझै उड्दै छु ।

तर, विगतको सम्झनाले मेरो वर्तमान बिथोलिन्छ,
विगत फैलिँदा जीवनको सुन्दरता हराउँछ ।
भूतले मेरो दिमाग नै निलेको छ,
र उडानको सार नष्ट गरेको छ ।

म के चाहन्छु ? र त्यो कहाँ छ ?
एक ठूलो फराकिलो मैदान ?
या विगत या घर ?
या अप्राप्य क्षितिजसरि आरामदायी स्वर्ग ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *