बलिउडमा पिता र पुत्र दुवैसँग ‘अनस्क्रिन रोमान्स’

बलिउडमा कैयौं अनस्क्रिन जोडी देखिए। कतिपय जोडी हलबाट फिल्म उत्रेसँगै विस्मृतिमा पुगे भने कति चाहिं दर्शकको मनमा बसिरहे। नायकको तुलनामा नायिकाको फिल्मी करिअर छोटो हुने मानिन्छ। तर, बलिउडका केही अभिनेत्री यस्ता छन्, जसले फिल्ममा पिता र पुत्र दुवैसँग रोमान्स गरेका छन्। अभिनेत्रीहरुले आफ्नो जमानाका अभिनेताहरुसँग जोडी बनाएर दर्शकको मन त जितेकै थिए, ती अभिनेताका छोरासँग पनि अनस्क्रिन जोडी सुहाउँदिलो बन्यो।

ती अभिनेत्रीहरुबारे चर्चा गरौं:
माधुरी र विनोद खन्ना ।

माधुरी दीक्षितले फिल्म ‘दयावान’ मा विनोद खन्नासँग जोडी बाँधेकी थिइन्। त्यसको नौ वर्षपछि उनी विनोदका छोरा अक्षय खन्नासँग फिल्म ‘मोहब्बत’ मा पनि देखिइन्। ‘दयावान’ मा काम गर्दा विनोदको उमेर ४२ वर्ष थियो भने माधुरीको २० वर्ष। उमेरमा यति अन्तर भए पनि फिल्ममा उनीहरुको जोडी गजब देखियो। नौ वर्षपछि अक्षय खन्नासँग जोडी बाँध्दा पनि कम सुहाउँदिलो थिएन। अभिनेत्री डिम्पल कपाडियाले पनि विनोद खन्ना र उनका छोरा अक्षयसँग रोमान्स गरेकी थिइन्। उनले विनोदसँग ‘खून का कर्ज’, ‘बंटवारा’ जस्ता फिल्ममा काम गरेकी थिइन्। यस्तै, अक्षयसँग फिल्म ‘दिल चाहता हे’ मा देखिइन्।

यति मात्र होइन, डिम्पलले सन् १९८४ मा सनी देओलसँग फिल्म ‘मंजिल मंजिल’ मा काम गरेकी थिइन्। यसपछि उनले सन् १९९१ मा सनीका पिता धर्मेन्द्रसँग फिल्म ‘मस्त कलंदर’ मा रोमान्स गरेकी थिइन्। पिता र पुत्र दुवैसँग फिल्मी जोडी बाँध्ने अभिनेत्रीको सूचीमा बलिउडकी ‘ड्रिमगर्ल’ हेमा मालिनीको नाम पनि छ। हेमाले राज कपूरसँग फिल्म ‘सपनो के सौदागर’ मा अभिनय गरेकी थिइन्। उनले राजका छोरा ऋषि कपूरसँग पनि फिल्म ‘एक चाद मैली सी’ मा काम गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *