र्‍यापर भिटेनले ‘पारा’ संशाेधन गर्ने, विज्ञप्ति जारी

भिटेन उपनामले चर्चित, र्‍यापर समीर घिसिङले ‘पारा’ शिर्षकको गीत संशाेधन गर्ने भएका छन्। एक साताअघि सार्वजनिक गीतको भिडिओमा ‘आपत्तिजनक’ शब्द प्रयोग भएको भन्दै प्रहरीले अनुसन्धान थालेपछि बिहीबार उनले युट्युबमा ‘प्राइभेट’ गरेका थिए।

शनिबार माफी माग्दै उनले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनले संशाेधन गरिएको गीतको म्युजिक भिडिओ सार्वजनिक गर्ने बताएका छन्। भिडिओमा प्रयोग भएका शब्दमा नेपाली समाज, महिला र प्रहरीलाई ‘आपत्तिजनक’ भाषा प्रयोग गरेको भन्दै कारबाही गर्न प्रहरी प्रधान कार्यालयले प्रहरीकाे साबर ब्युरोलाई निर्देशन दिएको थियो।
अरु पनि
र्‍यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले दियो साइबर ब्यूरोलाई निर्देशनर्‍यापर भिटेन उपनामले चर्चित समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ। एक साताअघि युट्युबमा भिटेनको ‘पारा…बिहीबार, १३ कात्तिक, २०७७

विवादित गीतको म्युजिक भिडिओ कसैले पनि अनाधिकृत रूपमा अपलोड नगर्न समेत घिसिङले आग्रह गरेका छन्। यसअघि पनि घिसिङलाई प्रहरीले ‘आपत्तिजनक’ शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो।

त्यसबेला उनलाई भिडिओ डिलिट गर्न लगाउनुका साथै आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने शर्तमा प्रहरीले बिना कारबाही छाडेपनि उनले फेरि ‘आपत्तिजनक’ शब्द प्रयोग गरेको भन्दै साइबर ब्यूरोले कारबाहीको लागि अनुसन्धान थालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *