प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी कायमै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकको सुरुमै नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । 

एमालेका सांसदहरुले बैठकको सुरुमै वेल घेराउ र  नाराबाजी गर्दै अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरल सभा सञ्जालन गर्न ध्यानाकर्षण गराएका छन् ।

सभामुख सापकोटाले जनताको आवाज मुखरित हुने संसद्मा जनताका प्रतिनिधिको आवाज थुन्ने अवस्था आएको भन्दै यसले जनतामा निराशा उत्पन्न हुने बताए। उनले आफ्ना कुरा सुन्ने र अरुका कुरा पनि सुन्ने प्रक्रियामा सहयोग गर्न एमालेका सांसदलाई पटकपटक आग्रह गरेका थिए ।

तर एमाले सांसदहरुले नाराबाजी रोकेका छैन । सभामुखले एमालेको विरोधलाई बेवास्था गर्दै बैठक सञ्चालन गरेका छन् ।

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *