प्रतिनिधिसभा बैठक आज पनि बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा चारवटा अध्योदश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । 

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्योदेश– २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश– २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश– २०७८ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । 

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश– २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । 

बैठकमा सांसद प्रेम सुवालले यी अध्यादेशहरु अस्वीकृत गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची छ । 

यस्तै आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्यक्रम छ । 

नेकपा एमालेले भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । यद्यपि, सभामुखले एमालेको विरोधलाई बेवास्था गर्दै बैठक सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *