कमल थापाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वतमान अध्यक्ष कमल थापाले तिव्र गतिमा फैलिरहेको धर्मपरिवर्तनलाई रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

उनले आज सामाजिक सञ्जालमार्फत संविधान विपरितको  धर्मपरिवर्तनलाई रोक्न सरकार किन मौन छ भन्न् प्रश्न गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् । 

‘धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको छ। संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ? प्रम @SherBDeuba को ध्यानाकर्षण गर्दछु।’, उनले लेखेका छन् । 

उनले नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म,संस्कृति र परम्परा भएको बताउँदै स्वधर्मको रक्षा गर्न जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *