संसदमा मेरो उपस्थितिले ओलीको सातो हइराछ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको ठूलो सत्रु र प्रतिद्वन्द्वीका रुपमा एमाले रहेको बताएका छन् । 

गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुलाई भने,  ‘हामीले भर्खरै विद्रोह गरेको, केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको कथित् एमाले‘ त्यो हाम्रो पहिलो प्रतिद्वन्द्वी हुन पुगेको छ । सत्रुका रुपमा छ।

एमाले अहिले चरम व्यक्तिवादमा फसेको भन्दै उनले कार्यकर्तालाई आफूहरु त्योभन्दा फरक हुनुपर्ने बताए । 

अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् ।

उनले अहिले आफूलाई पशिक्षण भेलालाई समय दिनुपर्ने र संसद बैठकमा पनि जानु पर्ने अवस्था रहेको बताए । संसदमा आफ्नो उपस्थितिले सातो गएको ओली आफू नभएको मौकामा छिर्न बेर नभएको उनको भनाइ छ । 

‘कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’, उनले भने । 

अध्यक्ष नेपालले एमालेका कारण लगातार संसद अवरोध भएको भन्दै आक्रोश व्यक्त गरे । संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उनले भने, ‘संसदीय मर्यादा पालना गर भनेर नारा लगाएका छन् । केपी ओली गुटले पालना गर्‍या छ ? संविधानको सम्मान गर् रे, सम्मान गर्‍ या’छन् ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *