खेलाडीबीच कडा प्रतिस्पर्धा

बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्ल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण चलिरहेको छ । ढाकामा डिसेम्बर २१ देखि २९ सम्म चल्ने प्रतियोगितामा उपाधि रक्षाको लक्ष्य राखेको नेपाली टोलीले कात्तिक २८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।

कोरोना भाइरसका कारण एसियन च्याम्पियनसीपमा सहभागिताको मौका गुमाएको १७ सदस्यीय नेपाली टोलीमा ३ खेलाडी थपेर २० जना खेलाडीसहित बन्द प्रशिक्षण सुरु भएको करिब एक महिना बितिसकेको छ । यो अवधिमा २० बाट विभिन्न चरण हुँदै बिहीबारसम्म १५ जना खेलाडी बन्द प्रशिक्षणमा छन् ।

ती १५ खेलाडीले च्याम्पियनसिप खेल्ने अन्तिम टोली घोषणा हुनुअघिको अन्तिम ट्रेनिङ बिहीबार दिउँसो ४ बजेसम्म गरिसकेको मुख्य प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगिताको पछिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ऐतिहासिक उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *