कमलबिनायक दुर्घटना, एकको मृत्यु दुई घाइते

भक्तपुर । भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएका छन् ।

सोमबार बेलुकी ८ बजे बा ३ ख ४७ ६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका थिए ।

मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुबै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *