७२ घण्टापछि खुल्यो गड्डाचौकी नाका

धनगडी । कञ्चनपुको गड्डाचौकी नाका खुला गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशमा भएको निर्वाचनका क्रममा बन्द गरिएको थियो । निर्वाचन सकिएसँगै सोमबार साँझदेखि नाका खुला गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

नाका खुला गरिएसँगै आवत–जावत सुरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । भारतको उत्तराखण्डसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो ।

गड्डाचौकी नाकासँगै उत्तराखण्डसँग सिमाना जोडिएका बैतडी र दार्चुलाका नाकासमेत ७२ घण्टाका लागि बन्द गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *