सिरहामा २८ केजी गाँजासहित तीन जना पक्राउ

सिरहा । सिरहामा करिब २८ केजी गाँजा सहित प्रहरीले ३ जना पक्राउ परेका छन् ।

सिरहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरीसहित ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

ठकुरीले घरमा गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सोमबार घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २–०१–००३ प. ५२ १७ नम्बर र स.५ प १०२० नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *