विवादित बन्दै आएको कांग्रेस महोत्तरी क्षेत्रीय अधिवेशन सम्पन्न

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार सम्पन्न भएको छ । लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र– ३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि निर्वाचन भएको हो । कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरूबीचमै देखिएको मतविभाजनले अन्य क्षेत्रमा अधिवेशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो ।

जिल्लाको मनरासिस्वा वडा न.८ र बल्वा नगरपालिकामा पनि अधिवेशन सम्पन्न भएको छ । योसँगै जिल्ला अधिवेशनका लागि आकांक्षीहरूको सहभागी हुन पाउने बाटो खुल्ला भएको छ । अहिले पिपरामा मतगणना भइरहेको छ । दिउँसो १ बजेसम्म सम्पूर्ण नतिजा आइसक्ने जिल्लाका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

सभापतिमा रागवेन्द्र झा र लवराजा सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उक्त पदमा दुईजनाको मात्र उम्मेदवारी परेको थियो । विभिन्न वडा र पालिकाबाट मतदान गर्न पाउने अधिकार प्राप्त गरेका जम्मा पाँच सय ३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *