काठमाडौं । आईसिसी टी २० विश्वकपको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।नेपालका बलरसामु क्यानडाका ब्याट्सम्यान निरीह बनेका छन् । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको छ । नेपाललाई ८१ रनको टार्गेट दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरिरहेको क्यानडाका ब्याटर नेपालका खेलाडीसामु खुलेर खेल्न सकेनन् । १० ओभरको समाप्तिसम्म क्यानडाले आफ्ना महत्वपूर्ण आठ विकेट गुमाइसकेको थियो ।