अभिनेता पल शाहले गरे आत्मसमर्पण

तनहुँ । नाबालिग बलात्कार आरोपी अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । चार दिनअघि बलात्कार आरोपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीको फरार सूचीमा थिए ।

यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् । तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आरोपी शाह प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे । ‘उनी हामीसँगै छन् । अनुसन्धान अघि बढेको छ । थप विवरण केही बेरपछि सार्वजनिक गर्छौँ,’ खड्काले भने I


प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रहरी कार्यालय छिरेका थिए । उनले आफूमाथि लागेको आरोपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *