प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न : सित्तैमा पाइयो भन्दैमा विष खान सकिन्छ ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे ।

सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, सित्तैमा पाएको विष खान सकिन्छ र रु खाएमा मृत्यु हुन्छ ।’ आफ्नो सम्बोधनभर उनले एमसीसी सम्झौताको विपक्षमा बोले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *