काठमाडौं । राप्रपाको केन्द्रिय सदस्यमा रेखा थापा मनोनित भएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । जसमा मनोनीत हुने १४ जनामा तेस्रो नम्बरमा थापाको नाम रहेको छ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयनमा परेका हुन् । रेखा थापा राप्रपाको महाधिवेशसनमा महिला महामन्त्री पदमा पराजित भएकी थिइन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी थिइन् ।