संसद भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । गत सोमबार संघीय संसद भवनको अगाडि प्रेसर कुकर बम राखेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महतलाई उक्त आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्ने महत अनेरास्ववियु क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष हुन् । उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सिसिटिभी फुटेजका अनुसार उक्त ब्यक्ति महत नै रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *