पछिल्लो साढे चार बर्षमा ६१ नगरपालिकाको प्रतिनिधि मण्डलले गरिसक्यो, भक्तपुर नगरपालिकाको अवलोकन भ्रमण
रेणु त्वानाबासु
तीन बर्षअघि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणा भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आए । सम्पदाको राजधानी मानिने भक्तपुर नगरक्षेत्रको भ्रमणमा मेयर राणाको ‘फोकस प्वाइन्ट’ थियो, नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरु । मेयर राणालाई भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिले आफैं डुलाएर देखाइदिएका थिए, ख्वप इन्जिनियरिङ, ख्वप कलेज र ख्वप अस्पताल ।
नेपालगञ्जमा गल्र्स कलेज, होस्टल र शैक्षिक संस्थाहरु स्थापनाको ध्येय राखेर भक्तपुर आएका राणाजीले साँच्चै नै उदाहरणिय शैक्षिक संस्था फेला पारे, भक्तपुरमा । ख्वप्प मोडेलकाबारेमा उनले राम्रो ज्ञान लिए । र, त्यहीँबाट प्रभावित भएर नेपालगञ्जमा स्थापना गरे योजना अनुसारका शैक्षिक संस्थाहरु ।
टेलिफोन सम्पर्कमा आएका प्रभावशाली मेयर धवलशम्शेर भन्दै थिए – ‘भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा गरेको लगानीबाट पेरित भयौँ, त्यही प्रेरणाबाट हामीले कलेज निर्माण कार्य गर्दै आएकाछौँ ।’ नेपालगञ्ज उपमहानगरपालिकाले मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि लक्षित गरि हालै कन्या क्याम्पस स्थापना गरेको छ । यस वर्ष कलेजको भवन निर्माणको काम सम्पन्न भइसकेको मेयर राणा बताउँछन् ।
खासगरी स्वास्थ्य, शिक्षा र सम्पदा निर्माण तथा पुननिर्माणको सवालमा भक्तपुर नगरपालिका मुलुकमा नै उदाहरणिय छ । नयाँ बस्ती विकाशमा पनि भक्तपुर नगरको आफ्नै मोडेल छ । त्यही कुरा सुनेर झापाको दमक नगरपालिकाको प्रतिनिधि मण्डल पनि भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आयो । त्यस भ्रमणले जगाएको प्रेरणा के हो त ? हामीले दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीलाई सोधेका थियौं । प्राविधिक टोली सहित नगरभ्रमणमा आएकि उपप्रमुख गीता भन्छिन् – ‘भक्तपुर नगरपालिकाले लाइन पुलिङको लागि बनाएको ऐनलाई मोडलको रुपमा राखेर हामीले पनि ऐन बनाएका छौं ।’ उपमेयर अधिकारीले यहाँको अर्को विशेषता पनि थपिन् – ‘भक्तपुर नगरपालिकाको सुचना दिने काम पनि राम्रो लाग्यो, त्यहाँ नगरपालिकाले सुचनाको हल तयार गरेर मासिक पत्रिका, अनलाइन एउटा कक्ष नै तयार पारेर संचालन गरिरहेको देख्दा हाम्रो नगरपालिकामा पनि गर्नुपर्ने भन्ने अनुभव भयो ।’
त्यस्तै काभ्रेको तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ्ग न्यायिक समितिको संरचना अवलोकन गर्न भक्तपुर नगरपालिका आइन । उनले तेमाल गाउँपालिकाको नयाँ भवनमा त्यही अनुरुपको संरचना तयार गरेको सुनाइन् ।
नेपालगञ्ज, दमक र तेमाल मात्र होइन नयाँ नेतृत्व आएपछिका साढे चार बर्षमा भक्तपुर नगरपालिकामा ५५ नगरका ६१ टोलीले अध्ययन र अवलोकन भ्रमण गरिसकेका छन् । २०७४ माघ १४ बाट थालिएको यस्तो भ्रमणमा एकैदिन ११ टोलीसम्म आएको रेकर्ड छ, नगरपालिकासँग । उपमेयर रजनी जोशीका अनुसार यो क्रम अझै रोकिएको छैन ।
पछिल्लो साढे चार बर्षमा भक्तपुर नपाको अवलोकन भ्रमणमा आएको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाऊपालिकाको प्रतिनिधि मण्डल –
१) बुटवल उपमहानपाका उपप्रमुख गोमा आचार्यसहित (२०७४ माघ १४)
२) बन्दीपुर गाउँपालिकाका प्रतिनिधिमण्डल
३) कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमण्डल (२०७५ बैशाख १०)
४) नेपालगञ्ज उपमहानपा प्रमुख डा. धवलशमशेर राणा
५) बेंसीसहर नपाका प्रमुख गुमानसिंह अर्याल
६) नीलकण्ठ नपा प्रमुख भीमप्रसाद ढुंगाना
७) गौरीगंगा नपाका उपप्रमुख अञ्चला चौधरी
८) घोडाघोडी नपाका उपप्रमुख प्रेमकुमारी थापा
९) भेरीगंगा नपाका उपप्रमुख रेणु आचार्य
१०) वीरगञ्ज महानगरपालिका
११) बाँसगढी नगरपालिका
१२) कविलासी नगरपालिका (सर्लाही)
१३) हेटौडा उपमहानगरपालिका (मकवानपुर)
१४) दुहवी नगरपालिका (सुनसरी)
१५) झापा दमकका नपा प्रमुख – रोमनाथ ओली (झापा)
१६) शंखरापुर नपा प्रमुख – सुवर्ण श्रेष्ठ
१७) ललितपुर नपाका प्रमुख चिरिबाबु महर्जन (ललितपुर)
१८) कीर्तिपुर नपाका प्रमुख – रमेश महर्जन
१९) काठमाडौं नपाका प्रमुख विद्यासुन्दर शाक्य (काठमाडौं)
२०) मध्यपुर थिमि नपाका प्रमुख – मदनसुन्दर श्रेष्ठ
२१) ललितपुर महानपाका जनप्रतिनिधि दिनेश कार्कीको टोली
२२) दैलेख चामुन्डा बिन्द्रासैनी नपा प्रमुख –सुर्यबहादुर शाही
२३) टोखाका उपप्रमुख ज्ञानमाया डंगोल
२४) कीर्तिपुर नगरपालिकाका उपप्रमुख – सरस्वती खड्का (काठमाडौं)
२५) धरान उपमहानपाका कार्यबाहक प्रमुख मञ्जु सुवेदी
२६) फलेबास नगरपालिका पर्वतका प्रमुख पद्मपाणी शर्मा
२७) ब्यास नगरपालिकाका प्रमुख
२८) अमरगढी नगरपालिका प्रमुख –विश्वश्वसरप्रसाद ओझा
२९) इटहरी उपमहानपाका प्रमुख द्वारिकालाल चौधरी
३०) बोदेबर्साइन नपा प्रमुख अतेशसिंह यादव
३१) नेपालगञ्ज उपमहानपाका प्रतिनिधिमण्डल
३२) गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जन
३३) ललितपुर महानपाका प्रतिनिधिमण्डल
३४) वीरगञ्ज महानपाका उपप्रमुख शान्ति कार्की
३५) झापा कन्काई नपाका प्रमुख राजेन्द्र पोखरेल
३६) पन्चदेवल विनायक नपा अछामका प्रमुख देवराज देवकोटा
३७) टोखा नपाका उपप्रमुख ज्ञानमाया डंगोल
३८) कमलामाई नपा प्रमुख खड्गबहादुर खत्री
३९) ६ देशका नगर प्रमुख भक्तपुरमा
४०. धनकुटा नपाका उपप्रमुख शकुन्तला बस्नेत
४१) दक्षिणकाली नपा प्रमुख र उपप्रमुख
४२) पर्वतको कुस्मा नपा वडाध्यक्ष सुवासचन्द्र पौडेल
४३) धुलिखेल नपा प्रतिनिधिमण्डल
४४) चौतारा साँगाचोकगढी वडाध्यक्ष नरमान श्रेष्ठ
४५) ताप्लेजुङको मिक्वाखोला गापाका प्रतिनिधिमण्डल
४६) तुल्सीपुर उपमहानपाका प्रमुख घनश्याम पाण्डे
४७). किर्तिपुर नपा प्रमुख रमेश महर्जन,
४८). दक्षिणकाली नपाको उपप्रमुख बसन्ती तामाङ,
४९) कनका सुन्दरी गापा उपाध्यक्ष उर्मिला खत्री
५०) बुटवल उपमहानपाका प्रमुख शिवराज सुवेदी
५१) ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जन
५२) सुनवल नपाका उपप्रमुख दधिराम अर्याल
५३) तानसेन नपाका प्रतिनिधिमण्डल
५४) कीर्तिपुर नपाका सांस्कृतिक प्रतिनिधिमण्डल
५५) ललितपुर महानपा बुंगमती मन्दिर पुनःनिर्माण कार्यका प्राविधिक टोली
५६) मध्यपुर नपाका उपप्रमुख अन्जनादेवी मधिकर्मी
५७) काठमाडौं महानपाका उपप्रमुख हरिप्रभा खड्गी
५८) दमक नपाका उपप्रमुख गीता अधिकारी
५९) दमक नपाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिमिल्सना
६०) चन्द्रागिरी नपाका प्रतिनिधि, (चन्द्रागिरी नपाका १४ वडाका वडाध्यक्ष रामहरि बस्नेत नेतृत्वको टोली)
६१) तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ्ग
नगरपालिकाद्धारा सञ्चालित कलेजहरु
भक्तपुर नगरपालिकाले ७ ओटा शैक्षिक संस्थाहरु संचालन गरिरहेको छ ।
१) ख्वप माध्यमिक विद्यालय (तत्कालीन उच्च माध्यमिक विद्यालय, शिक्षा परिषदबाट २०५६ सालको सम्बन्धन लिई संचालित),
२) ख्वप कलेज (त्रिविबाट सम्वन्धन प्राप्त गरी २०५८ सालदेखि सञ्चालित)
३) ख्वप इन्जिनियरिङ्ग कलेज (पूर्वाञ्चल विश्वविद्यालयबाट २०५८ सालमा सम्बन्धन लिई संचालित)
४) ख्वप बहुप्राविधिक अध्ययन संस्थान (सीटीइभीटीबाट सम्बन्धन लिई २०६० सालदेखि संचालित)
५) ख्वप कलेज अफ इन्जिनियरिङ्ग (त्रि.बि बाट २०६५ सालमा सम्बन्धन लिई संचालित)
६) शारदा क्याम्पस (त्रि.विको सम्बन्धनमा २०४७ सालदेखि संचालित, २०७० देखि नगरपालिकामा आएको) र
७) शारदा माध्यमिक विद्यालय (एचएसइवीबाट सम्बन्धन लिई २०७० देखि नगरपालिकामा आएको)
नगरपालिकाले भक्तपुर अस्पताल पनि सञ्चालन गर्दै आएको छ ।
के–के हेर्न आउँछन् त मेयर साहेवहरु ?
भक्तपुर नगरपालिकाले संचालन गरिरहेका कलेजहरु, अस्पताल र सम्पदाको पुननिर्माणबारे जानकारी लिन वढी आउने गरेको उपमेयर रजनी जोशी बताउँछिन् । ‘कसरी सम्भव भयो यो भनेर सोध्छन्, आश्चर्य मान्छन्’, – उनले भनिन् । निस्वार्थ जनताको हितमा, जनताकै सहयोगमा हामीले गरेका हौं, उनी थप्छिन् । साथै विदेशी राजदुतदेखि प्रधानमन्त्री तथा राजकुमारसम्म भक्तपुर अवलोकन गर्न आएको स्मरण सुनाउँछिन् उपप्रमुख जोशी । बेलायतका राजकुमार ह्यारी पनि भक्तपुर घुम्न आएका थिए ।
आफ्नै स्टाइल छ, भक्तपुरको
२०७२ सालको विनाशकारी भूकम्पपछि विदेशी सहयोग नलिएर नै सम्पदा पुननिर्माणको काम सम्पन्न गरिसकेको छ, भक्तपुर नपाले । त्यसैगरी भक्तपुर नगरपालिकाले अन्य नगरपालिकालाई सहयोग पनि गर्ने गरेको छ । जस्तो – काठमाडौ महानगरपालिकाको रानीपोखरी पुननिर्माणगर्दा एक सयभन्दा बढी कामदार र प्राविधिकहरु पठाइएको थियो । त्यस्तै ललितपुर जावलाखेलको रानीपोखरी पुननिर्माण पनि ४०–४५ जना कामदार पठाएर भक्तपुरकै सहयोगमा सम्पन्न भएको थियो ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नपाबाट भएका विकास निर्माण र सुशासनबारे सिक्न देशभरीबाट प्रतिनिधि मण्डल आउने गरेको बताए । भन्छन् – ‘भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न निरन्तर क्रियाशील छौं ।’
तर, भक्तपुर नपाले अरुलाई भ्रमण गराएको मात्रै छैन आफैंपनि विभिन्न अवलोकन भ्रमणमा जाने गरेको छ । यस नगरपालिकाको भ्रमण टोली ललितपुर महानगरपालिका, कलैया उपमहानगरपालिका, हेटौंडा उपमहानरपालिका, वीरगञ्ज महानगरपालिकाको भ्रमणमा पुगिसकेको छ ।