काठमाडौं । काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रा.लि. का नाममा नक्कली गर गहनाको होलसेल कारोबार गर्ने भारतीय नागरिक अमितकुमार अग्रवाल र अर्का एक नेपाली डेड करोड रकम सहति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतस्थित सिलिगुरी स्थायी घर भई हाद काठमाडौं १३ बस्ने अमितकुमार अग्रवाल, ३२ र र काठमाडौं १९, टङ्केश्वरी स्थायी घर भई किर्तिपुर ३ बस्ने बिक्की खड्गी, २४ छन् । उनीहरुले गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको छन् सूचनामा अपराध महाशाखाले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा हिजो २२ फागुनमा खड्गीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट पचास लाख नगद अग्रवालको कोठामा पुर्याईदिएको अपराध माशाखालाई बताएका थिए । यसपछि आज २३ फागुनमा अग्रवालको डेरामा खानतलासी गर्दा एक करोड पचास लाख नगद, २ थान ल्यापटप, १ थान मोबाईल र कारोबार सम्बन्धी बिभिन्न कागजपत्रहरू फेला परेको अपराध महाशाखो जनाएको छ