संखुवासभा । सखुवासभामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मादी नगरपालिका ६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । पाँच जना घाइते भएका छन् ।
दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका ६ सातघुम्तीमा दुर्घटनामा परेको थियो ।