रात्रिकालीन व्यवसाय २४ सैं घण्टा सञ्चालन गर्न पाइने

काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसायलाई २४ सैँ घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले होटेल, रेस्टुराँ, डान्स र डिस्को र बारलगायतको व्यवसाय सञ्चालन गर्न आचारसंहिता जारी गरी सञ्चालन मापदण्ड हटाएसँगै रात्रिकालीन व्यवसाय २४ सैँ घण्टा सञ्चालन गर्न अनुमति दिइएको हो ।

मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलले मन्त्रालयको नयाँ मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न दिने गरी समन्वय गर्न प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक परिपत्र गरिएको बताए।

पोखरेलको नेतृत्वमा कार्यदलले दिएको सुझाव अनुसार सरकारले मापदण्ड तयार बनाएर रात्रिकालीन व्यवसायलाई रातभर खुला राख्न दिने निर्णय गरेको हो । यसअघि रातको समयमा रात्रिकालीन व्यवसायलाई सरकारलाई समयसीमा निर्धारण गरेको थियो । सो निर्णय विरुद्ध व्यवसायीले आवाज उठाउँदै आएका थिए ।

गृहले रोजगारदाता, कर्मचारी र ग्राहकले पालना गर्नुपर्ने आचारसंहिता, समयसीमा, कोभिडसम्बन्धी जनस्वास्थ्य प्रावधान, व्यक्तिगत सरसफाइ तथा सुरक्षा, व्यवसाय परिसरको अवस्था, स्टेज, भौतिक पूर्वाधार, मजदुरको हकहितलगायत विषय समेटेर ८१ बुँदे मापदण्ड बनाएको छ ।

कामदारलाई पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायात सुविधा पनि व्यवसायीले उपलब्ध गराउनुपर्ने रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने भनिएको छ ।

रात्रिकालीन समयमा होटल तथा रेष्टुरेण्टमा पुगेका ग्राहक घरसम्म पुग्न नसक्ने अवस्था भएमा व्यवसायी आफैँले पु¥याइदिनु पर्ने भएको छ । सेवा लिइसकेपछि व्यवसाय स्थलबाट आफ्नो घरसम्म पुर्यायाइदिन ग्राहकले अनुरोध गरेमा सम्बन्धित व्यवसायीले पु¥याउनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

नयाँ मापदण्डमा भनिएको छः डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न पाइने छैन । नृत्य प्रदर्शन गर्ने कलाकारहरूले सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने छ । आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनालाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *