किष्ट अस्पतालमा एकै पटक २० चित्रकारका सृजना

ललितपुर । किष्ट शिक्षण अस्पताल तथा नेपाल कला परिषदद्वारा आयोजित चित्र कार्यशालामा तयार भएका २० नाम चलेका चित्रकारका सृजना प्रदर्शनीमा राखिएका छन् । विश्व मृगौला दिवसको अवसरमा तयार भएका यी चित्रहरु हेर्न किष्ट शिक्षण अस्पताल इमाडोल जानु पर्ने हुन्छ ।


चित्रकला प्रदर्शनीमा किरण मानन्धर, शंकरनाथ रिमाल, नरेशसुन्दर सैंजु, जीवन राजोपाध्याय, हरि खड्का, बुद्धि गुरुङ (पोखरा), रमेस श्रेष्ठ (पोखरा), मुकेस श्रेष्ठ (मुकु), भाइराजा महर्जन, सरिता डंगोल, सारग मानन्धर आदिका चित्रकला रहेका छन् । मृगौला दान गर्ने र दान गर्न इच्छा राख्नेहरुको प्रेरणाकालागि चित्रकला कार्यशाला गरिएको बताउँछन् बरिष्ठ चित्रकार नरेशसुन्दर सैंजु । चित्रकार तर्फ कोअर्डिनेटरको समेत भूमिका निर्वाह गरिरहेका सैंजुका अनुसार प्रदर्शित चित्रहरु प्रेरणा दिन सक्षम छन् ।


संदेशमुलक चित्रकला हेर्न चाहानेहरुकालागि यो प्रदर्शनी उल्लेख्य बन्न सक्छ ।


चित्रकला प्रदर्शनीको उद्घाटनमा बाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीका साथ सहभागी चित्रकारहरुको उपस्थिती रहेको थियो । प्रदर्शनी एक सातासम्म चल्नेछ ।

गृहमन्त्री बालकृष्ण खाँडसँग मायाको चिनो ग्रहण गर्दै बरिष्ठ चित्रकार नरेशसुन्दर सैंजु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *