पेट्रोलियम पदार्थ उत्पादन गर्ने टप १० मुलुक(भिडियो सहित)

विपना मुसिख्वाल ।

पेट्रोलियम पदार्थ अन्तर्गत मट्टीतेल, पेट्रोल, डिजेल, हवाईइन्धन वा अन्य प्रशोधित पदार्थ पर्दछन् । विश्वका केही देशले पेट्रोललाई आफ्नो आम्दानीको स्रोतको रुपमा लिएका छन् र ती देश धनी पनि भएका छन् । आजको हाम्रो रिपोर्ट पेट्रोलियम पदार्थ उत्पादन गर्ने टप १० देशहरुको हो । दशौं नम्बरमा परेको छ, ब्राजिल ।

१०. ब्राजिल


क्षेत्रफलको आधारमा ब्राजिल विश्वकै ५ औँ ठूलो मूलुक हो । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको ब्राजिल लोकतान्त्रिक मूलुक हो । यहाँको प्रतिव्यक्ति आए ११ हजार ८ सय ७३ डलर छ । ब्राजिलले विश्वको ३ प्रतिशत पेट्रोलियम पदार्थ उत्पादनको क्षमता राख्छ । यस देशले दैनिक २.६ मिलियन ब्यारेल पेट्रोलियम पदार्थ उत्पादन गर्दै आएको छ ।

९.कुवेत


कुवेत पश्चिम एसियन देश हो । उत्तरी इराक र दक्षिणमा साउदी अरबको सिमानामा रहेको कुवेतमा प्रतिव्यक्ति आय ७० हजार डलर रहेको छ । कुवेतले पनि करिब ३ प्रतिशत पेट्रोलियम पदार्थ उत्पादन क्षमता राख्दछ । यहाँ दैनिक २.७ मिलियन ब्यारेल पेट्रोलियम पदार्थ उत्पादन हुँदैआएको छ ।

८. मेक्सिको


मेक्सिको उत्तर अमेरिकन देश हो । यहाँको नागरिकको प्रतिव्यक्ति आय १८ हजार ३ सय ७० डलर छ । यहाँको जनसंख्या साढे १० करोड छ । पेट्रोल उत्पादन क्षमताको आधारमा मेक्सिको विश्वको आठौँ देश हो । यहाँ दैनिक २.९ मिलियन व्यारेल पेट्रोलियम पदार्थ उत्पादन हुन्छ । मेक्सिकोको ३.६ प्रतिशत पेट्रोलियम पदार्थ उत्पादन क्षमता रहेको छ ।

७.युनाइटेड अरब इमिरेट्स


दुबई पश्चिम एशियन मुलुक हो । अरबी प्रायदीपको पूर्वी छेउमा रहेको यो देश ओमन र साउदी अरबसँग सिमाना जोडिएको छ । तेल र प्राकृतिक ग्याँस भण्डारमा दुबई विश्वको सातौं मुलुक हो । दुबइले विश्वको करिब ४ प्रतिशत पेट्रोलियम पदार्थ उत्पादन क्षमता राख्दछ । यस देशले दैनिक ३.१ मिलियन ब्यारेल पेट्रोलियम पदार्थ उत्पादन गर्दै आएको छ ।

६.क्यानाडा


क्यानाडा उत्तरी अमेरिकाको एक देश हो । यहाँको क्षेत्रफल ९.९८ मिलियन वर्ग किलोमिटर रहेको छ । क्षेत्रफलको आधारमा क्यानाडालाई विश्वको दोस्रो ठूलो देशको रुपमा लिन सकिन्छ । यहाँको प्रतिव्यक्ति आय ४७ हजार ९ सय ३१ डलर रहेको छ । यसले विश्वको करिब ५ प्रतिशत पेट्रोलियम उत्पादन गर्छ भने दैनिक ३.६ मिलियन व्यारेल पेट्रोल उत्पादन गर्छ ।

५. चीन


पूर्वी एशियन देश हो, चीन । विश्वको धेरै जनसंख्या भएको यो देश क्षेत्रफलको आधारमा समेत तेस्रो ठूलो छ । यहाँको प्रतिव्यक्ति आय ८ हजार तीन सय ८२ डलर रहेको छ । चीनले दैनिक ४.१ मिलियन व्यारेल पेट्रोलियम पदार्थ उत्पादन गर्दै आएको छ । पेट्रोलियम पदार्थ उत्पादनमा चीनले ५ प्रतिशत हिस्सा ओगटेको छ ।

४. इरान


इरान एशियाको दक्षिण पश्चिम खण्डमा अवस्थित छ । सन् १९३५ सम्म इरानलाई फारस नामले चिनिन्थ्यो । यहाँको प्रतिव्यक्ति आय ११ हजार २ सय ५० डलर छ । इरानले प्रतिदिन ४.२ मिलियन ब्यारेल पेट्रोलियम पदार्थ उत्पादन गर्दै आएको छ भने विश्व उत्पादनको आधारमा करिब ५ प्रतिशत पेट्रोलियम पदार्थ उत्पादन गर्दै आएको छ ।

३.युनाइटेड स्टेट अमेरिका


५० राज्यहरु, एउटा संघीय जिल्ला र पाँच प्रमुख असंगठित क्षेत्रहरु रहेको युनाइटेड स्टेट अमेरिकामा नौ वटा टापुहरु छन् । अमेरिकाले विश्वको १०.९ प्रतिशत पेट्रोलियम पदार्थ उत्पादन गर्छ भने दैनिक ९ मिलियन व्यारेल पेट्रोलियम पदार्थ उत्पादन गर्दै आएको छ ।

२. रसिया


रसियालाई सोभियत संघ भनेर पनि चिनिन्छ । रसिया, उत्तरी एशिया र पूर्वी युरोपमा फैलिएको छ । रसियालाई विश्वको सबैभन्दा ठूलो देशको रुपमा लिइन्छ । यहाँको प्रतिव्यक्ति आय ११ हजार ९ सय ४६ डलर छ । रसियाले १२.२ प्रतिशत पेट्रोलियम पदार्थ उत्पादन गर्दै आएको छ । रुसमा दैनिक १०.२ मिलियन व्यारेल पेट्रोलियम पदार्थ उत्पादन हुन्छ ।

१.साउदी अरेबिया


साउदी अरेबिया पश्चिमी एसियाको अरबी प्रायदीपमा रहेको देश हो । साउदी अरबले २१ लाख ५० हजार किलोमिटर क्षेत्रफल ओगटेको छ । यहाँको प्रतिव्यक्ति आय २४ हजार दुई सय २४ छ । साउदी अरेबियाले १३.२ प्रतिशत पेट्रोल उत्पादन गर्दै आएको छ । दैनिक ११.१ मिलियन व्यारेल पेट्रोलियम पदार्थ उत्पादन गर्दै आएको छ ।

स्रोतः गुगल, विकिपिडिया र सम्बन्धित विषयका वेव साइट र युट्यूव च्यानलहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *