के भन्छन् एनआरएनएका पूर्व अध्यक्षहरू ?

एनआरएनएका सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले साघुरिएर अघि बढेकाले समस्या आएको बताएका छन् । पद गौण भएको भन्दै सबैले जिम्मेवारीका साथ काम गरे समस्या नआउने बताए ।

नेपाललाई समृद्ध बनाउने अभियानमा एकताको विकल्प नभएको उनको भनाइ थियो । ‘पाप नबोकाइ दिनुहोस् । संस्थामा आफ्नो सबै काम छोडेर लाग्न उचित हुँदैन । फुर्सदमा मात्र लाग्नु होला,’ उनले भने ।

गैरआवासीय नेपाली संघ ६० लाख नेपालीको भएको उनको भनाइ छ । उनले इगो राखेर संस्था टिक्न नस्क्ने पनि बताए । मन नपर्ने बिषय रहे पनि सहेर बसेको उनको भनाइ छ ।

निर्वाचन ‘फेस टु फेस होस’ भन्ने चाहेको भन्दै उनले प्रतिनिधि छनोटको व्यवस्था व्यवहारिक नभएको बताए । संस्था बिगारेको पुरानाले हो ? उनीहरूलाई ६५ प्रतिशत किन व्यवस्था गर्ने ?’ उनले प्रश्न गरे ।

एनआरएनएमा कोहि प्रतिपक्ष नहुने उनको निश्कर्ष रहेको छ । विधान संसोधन गर्दा धेरै कुरा चित्त नबुज्दा पनि चुप लागेको उनको भनाइ छ । ‘कुलले मान्नु भयो । सुन्दा राम्रो लाग्यो भन्नु भयो तर पछि विरोध गर्नु भयो ।’

विवादले छबी बिगार्न केही समय नलागेको बताए । पदमा जो आए पनि नआए पनि केही फरक पर्दैन । तर, संस्था बच्नु पर्छ । संस्था जीवित राख्नुपर्ने उनले बताए । नेपालीको समृद्धिका लागि एनआरएनएको भूमिका हुनुपर्ने उनको भनाई छ ।

एनआरएनएलाई जसले पनि आफ्नो बनाउन खोज्छ -भट्ट
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले एनआरएनए १८ वर्षे सुन्दरी भएकाले आफ्नो बनाउन खिचातानी भएको बताए । संघ ठूलो डायस्पोरा रहेको उनको निश्कर्ष छ ।

उपेन्द्रजीले सुरु गर्दा सत्ययुग र अहिले कलियुगमा प्रवेश गरेकाले एनआरएनएमा लफडा भएको बताए । कुण्ठा पालेर बस्न कसैलाई जरुरी नभएको उनको भनाई छ । भन्छन् ‘कुण्ठाकै कारण एनआरएनमा विवाद आएको हो । अब एनएनआरएमा मोडालिटी परिवर्तन गर्न आवश्यक भइसकेको छ ।’

एनआरएनएमा एकताको हार्मोनी हरायो – लमिछाने
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएमा एकताको हार्मोनी हराएको बताए । एनआरएनएको दशौंँ महाधिवेशन उद्घाटनका क्रममा उनले एनआरएनएमा विषम परिस्थिति सिर्जना भएको पनि बताए । ‘गैरआवासीयहरूले नेपालको सम्मृद्धिको लागि हातेमालो गर्नुपर्ने तर विवादका कारण एनआरएनएका धेरै राम्रा काम ओझेलमा परेका छन्’ उनी भन्छन् ।
‘समीक्षा गरेर एनआरएनएलाई अघि बढाउनुपर्छ । विवादकाकारण साख गिरेको छ, साख जोगाउन रचनात्मक काम गर्न आवस्यक छ’ उनको भनाई छ ।

सबैले गल्ती आत्मसात गरेर जानुपर्छ -संस्थापक सचिव ढकाल
संस्थापक सचिव चिरञ्जीवी ढकालले एनआरएनए नेताहरूमा टसल बढेकाले विवाद आएको बताए । गल्ती आत्मसात गरेर जानुपर्ने उनले सुझाए । दुई बर्षमा नेपाल आउने वातावरण बनाउन भौतिक रुपमै चुनाव गर्ने वातावरण बनाउन उनले जोड दिए । नयाँ उर्जा दिने शक्ति एनआरएनएमा आउन सक्नुपर्ने उनको भनाई छ । ‘६ महिनामा तिता कुरा भए । अब स्वच्छ मन लिएर जानुपर्छ ।’ उनले भने ।

एकताले दुर्घटनाबाट जोगायो -अध्यक्ष पन्त
गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले आवश्कयताअनुसार विधान संशोधन हुने बताए । १० औँ महाधिवेशनका अवसरमा अध्यक्ष पन्तले एकता भएकाले दुर्घटनाबाट बचेको बताए । सुरुमा महाअधिवेशन परराष्ट्रले रोकेको पनि उनले बताए । अस्तित्व स्वीकार नगर्ने परिपाटी सिर्जना भएको पनि उनको ठम्याई छ ।

अदालतले चुनाव गर्न दिए पनि सहमति, सहकार्य र एकताका लागि चुनाव नगरेको उनले सुनाए । फोर्सफुल्ली चुनाव नगर्न सुझाव पायौं । साथी र अग्रजको आग्रहलाई मानेर चुनाव नगरेको उनको भनाइ छ ।

अब गाली सामन्य लाग्न थालेको उनले बताए । अभियान सार्थक बनाउनका लागि जो नेता भए पनि फुटाउन नहुने उनको भनाई छ ।

उनले पूर्व अध्यक्षहरूको सात जनाको कमिटी बनाएर नयाँ नेतृत्व छान्ने पनि बताए ।
‘उपेन्द्र महतोको संयोजकत्वमा गठित समितिले कसैलाई अन्याय नहुनेगरी उम्मेदवारको टुंगो लगाउने छ’ उनको भनाई छ । गैरआवासीय नेपाली ऐनको धारा २७ को कार्यसमितिसम्बन्धी व्यवस्था हाललाई स्थगित गरी सामूूहिक नेतृत्वमा जान लागिएको अध्यक्ष पन्तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *