३० लाखमा आकर्षक, बलियो र नजल्नेचार कोठे घर, टिकाऊ ७० बर्ष

विपना मुसिख्वाल
तपाईले घडेरी किन्नु भएको छ तर घर बनाउन सकिरहनु भएको छैन भने थोरै लगानीमा भरपर्दो अनि बलियो घर बनाउन सक्नु हुन्छ । त्यसकोलागि तपाईले नेपाल इको प्यानलमा सम्पर्क गर्नु पर्ने हुन्छ । अर्थात इको प्यानल प्रविधिवाट सुरक्षित र आकर्षक घर बनाउन सकिन्छ । इको प्यानलको प्रयोगबाट थोरै लगानीमा बलियो र भूकम्प प्रतिरोधी घर २ देखि ३ बनाउन सकिन्छ । यस प्रविधिबाट २ कोठे घर १५ लाख र ४ कोठे घर ३० लाखसम्ममा बनाउन सकिन्छ ।

नेपाल इको प्यानलबाट घर बनाउँदा क्षेत्रफलको आधारमा पैसा खासै फरक पर्दैन । यसबाट घर बनाउँदा एक हजार वर्गफिटमा दुई वटा वेडरुम, एक किचेन र एक वैठक कोठा बनाउनको लागि २५ देखि ३० लाखसम्म खर्च हुन्छ । ८ सय वर्गफिटमा बनाउँदा ३ देखि ४ लाख मात्रै फरक पर्छ । नेपाल सरकारको भवन विभागले स्ट्रक्चरल घरमा इको प्यानल बाहिरी तथा भित्री पार्टेसन वालको रुपमा प्रयोग गर्न स्वीकृती दिएको छ । चार घण्टासम्म हजार डिग्रिसेल्सिएस आगोलाई धान्छ । त्यसैले यो थर्मल आगो प्रतिरोधी पनि हुन्छ । यसबाट बनाइएको घरमा स्ट्रक्चरमा आइबिम (फलाम), जगमूनी कंक्रिट हुन्छ । झ्याल ढोका भने युपिभिसी हुन्छ । छतमा सिडी छोप्न युपिभिसी प्रयोग गरिन्छ ।

कम्पनी स्वयम्ले घरमा विजुली बत्ती, साधारण किचेन, वाथरुम, शौचालय र रंगरोगनको कार्य गर्दछ । यसबाट बनाइएको घर ७० वर्षसम्म टिकाउ हुन्छ । घरलाई बलियो बनाउनको लागि (टङ एण्ड ग्रुभ ज्वाइन्त) जोड्ने ठाउँमा विशेष प्रकारको एदेशिभ सिमेन्ट प्रयोग गरिन्छ । साउण्ड एक कोठाबाट अर्को कोठामा जाँदैन । प्रयोग गर्ने सामग्रीको आधारमा तला थप्दै लैजान सकिन्छ । अर्थात् बहुतल्ले घर बनाउन सकिन्छ ।

बहुतल्ले घर बनाउँदा जग बनाउने खर्च १२ देखि १५ प्रतिशतसम्म कम हुन्छ । इटाको तुलनामा इको प्यानलले कम क्षेत्रफल ओगट्ने भएकोले ठाउँ फराकिलो हुन्छ । ९ इन्चको इटाको वालको ठाउँमा ४ इन्चको इको प्यानल र ४ इन्चको भित्री पार्टेशन वालको ठाउँमा ३ इन्चको इको प्यानल प्रयोग गर्दा २ देखि ३ इन्चको कार्पेट एरिया बच्छ ।

इको प्यानल उत्पादनको क्रममा क्लिन इनर्जी मात्र खपत हुने भएकोले वातावरण मैत्री छ । यसको थर्मेल इन्सुलेसन पनि राम्रो छ । यही कारण चिसो ठाउँमा पनि बाहिरको चिसोपन कोठाभित्र आउन दिँदैन र तातो ठाउँमा बाहिरको तातोपन समेत भित्र आउन दिँदैन । यसले गर्दा चिसो ठाउँमा कोठा तताउन हिटर प्रयोग गर्नुपर्दैन । र तातो ठाउँमा कोठा चिस्याउन पंखा वा एसी चलाउनु पर्दैन। यसले गर्दा उर्जाको खपत कम गराउँछ ।

(नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ई.कृष्णभक्त दुवालसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *