भक्तपुर । भक्तपुरको आदर्शस्थित तरकारी बजारका सञ्चालक चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले विचौलिया अन्त्यका लागि तरकारी बजार सञ्चालनमा ल्याएको बताएका छन् । बुधबार भएको तरकारी बजार उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य दिंदै उनले किसानले मूल्य नपाउने तर विचौलियाले खाने गरेका कारण त्यसको अन्त्यका लागि आफूले तरकारी बजार सञ्चालनमा ल्याएको बताए ।
‘किसानले अब यहाँं सिधै बेच्न सक्छन्,’ उनले भने, ‘हामीले उनीहरुलाई उचित मूल्य दिन्छौं ।’ प्रसाईले नेपालको नाम मात्रै कृषि प्रधान भएको तर त्यस अनुसार केही पनि काम नभएको बताए । उनले कृषिमा क्रान्ति आवश्यक भएको पनि बताए ।
दुई अर्व लगानीमा बजार सञ्चालनमा ल्याएको उनले जनाए । बजारमा दुई हजार दुई सय स्टल रहेको उनले बताए । बजारबाट चार हजार चार सयले रोजगारी पाउने बताइयो । बजार अहिलेसम्मकै नेपालकै सवैभन्दा ठूलो तरकारी बजार दावी गरियो । तरकारी बजारको पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।
सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार जिल्लाको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्रमा रहेको छ । भक्तपुरकै मुख्य सूर्यविनायक चोक नजिकै दक्षिण पूर्वमा यो बजार रहेको छ । बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
बजारमा दुई वटा द्धारहरु रहेका छन् । एउटा अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट करिव दुईतीन सय मिटर पूर्व अरनिको राजमार्गबाटै र अर्काे अरनिको राजमार्ग अन्तर्गत आदर्श वस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमै रहेका छन् । आधुनिक रुपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रुपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुई वटा द्धार राखिएको जनाइएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा विक्री पनि गर्ने जनाइएको छ । तरकारी बजारको निर्माण कार्य २०७५ सालको फागुनदेखि सुरु गरिएको थियो । बजार अरनिको राजमार्ग अन्र्तगत आदर्श वस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा रहेको छ । बजारभित्र साढे सात सय स्टलहरु रहेको छन । बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ ।
काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडी भित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी कुहिने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ । पूर्वी नाकाबाट आउने सवै तरकारीहरु पु¥याएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पु¥याउन सकिने जनाइएको छ । जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ । कृषकहरुको बाहुल्यता रहेको जिल्लामा अहिलेसम्म व्यवस्थित कृषि बजार वन्न सकेको थिएन ।