आज ३० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः
रोनाल्ड रेगनको हत्या
सन् १९८१ को ३० मार्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनको गोली हानी हत्या प्रयास भएको थियो ।एक बन्दुकधकारीले वासिंगटनस्थित एउटा होटलमा उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । मानसिक रुपमा बिमारी भनिएका आक्रमणकारीले राष्ट्रपतिको हत्या गरेर ‘प्रख्यात’ हुने आफ्नो आशय रहेको बताएका थिए ।
प्यालेस्टाइनीमाथि इजरायलको दमन
सन् १९७६ को ३० मार्चमा हजारौँ प्यालेस्टाइनीहरूले इजरायलको बृहत भूमि अधिग्रहणको विरोधमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा इजरायली प्रहरीको हमलामा ६ प्रदर्शनकारीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।
अमेरिकाले किन्यो रुसबाट अलास्का
सन् १८६७ मा अमेरिकाले रुसबाट अलास्कालाई किनेको थियो । उत्तर अमेरिकाको उत्तर–पश्चिमी छेउमा रहेको सो क्षेत्रलाई ७२ लाख डलरमा अमेरिकाले रुससँग किनेको थियो ।
ट्रिटी अफ पेरिसमा हस्ताक्षर
सन् १८६५ मा दि ट्रिटी अफ पेरिसमा हस्ताक्षर भएको थियो । हस्ताक्षरसँगै क्रिमिया युद्ध अन्त्य भएको थियो । रुसले ओटोमन साम्राज्य, फ्रान्स, बेलायत र सार्डिनियाको गठबन्धनसँग युद्ध हारेको थियो ।
जिओपार्डीको पहिलो प्रसारण
सन् १९६४ मा प्रख्यात गमे सो जिओपार्डीको पहिलो पटक प्रसारण भएको थियो । अहिले पनि प्रसारण हुने उक्त सो विश्वकै प्रख्यात गेम सो हो ।
(अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग तत्कालीन राजा वीरेन्द्र । तस्बिर-इन्टरनेट)