महानगरीय प्रहरी अपराध महाशाखाले विहे गर्ने प्रलोभन देखाएर काठमाडौंकी एक महिलासँग ४२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । रामेछापको साघुँटार नगरपालिका–३ घर भई गरुड सेक्युरिटीमा कार्यरत नवीन भनिने लोकबहादुर श्रेष्ठ-५२ लाई अपराध महाशाखाले पक्राउ गरेको हो। श्रेष्ठको बसोबास हाल काठमाडौंको धापासीमा छ ।
महाशाखाका प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौंमा घर छ । विवाह गरेको छैन । तिमीलाई विवाह गर्छु भन्दै सोझी महिलालाई पटक पटक गरेर ४२ लाख रुपैयाँ ठगी गर्ने श्रेष्ठलाई हिजो काठमाडौंको विशालनगरबाट गरिएको हो ।
अविवाहित भनेर ठगी गरेपनि श्रेष्ठ दुई सन्तानका बाबु हुन । बिरामी छु । उपचार गरेर विवाह गर्छु भन्ने प्रलोभन देखाउँदै श्रेष्ठले ठगी गरेका थिए । श्रेष्ठ नेपाली सेनाका भगौडा सिपाही हुन् । पक्राउ पछि श्रेष्ठलाई अपराध महाशाखाले थप कानूनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ ।