काठमाडौं, २१ चैत
मध्यक्रमका ब्याट्स्म्यान दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्र्तराष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याट्स्म्यान बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा एक हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याट्स्म्यान बनेका हुन् ।
यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित सतकीय इनिङ खेलेका दिपेन्द्र नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी समेत भएका छन् ।
यस सूचीको दोस्रो स्थानमा पारस खड्का रहेका छन् । पारसको खातामा सात सय ९९ रन रहेको छ । तेस्रो नम्बरका ज्ञानेन्द्र मल्लको खातामा समेत सात सय ४८ रन छ ।
यस्तै, ओपनर कुशल भुर्तेल ५ सय ७३ रन सहित चौथो स्थानमा छन् ।
दिपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने आइसिसी एसोसियट राष्ट्रको छैटौं खेलाडी समेत बनेका छन् । न्यूज कारखाना