थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

तनहुँ, २२ चैत

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहु कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।

मंगलबार विहान ७ बजे पछी कारागारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ । ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरि तनहुँ कारागार ल्याइनेछ’, उनले भने ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे । उनले भने, ‘केहीबेर अगाडि आउनुभएको छ । आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ ।’

क्षेत्रीका अनुसार गोला थुतेर कसको इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन । ‘गोला थुतेर कसको इजालसमा पर्छ । त्यसपछि इजालस अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनको भनाई छ । ३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।

जिल्ला अदालत तनहुले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ । सुरुमा तनहु प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *