युक्रेनी परिबारले बालबालिकाको शरिरमा किन लेख्दैछन् यस्तो विवरण ?

किभ, २२ चैत

रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण लेख्न थालेका छन् । युद्ध प्रताडि युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् ।

‘युद्धमा आफूहरु मारिने र बच्चा बाँच्न सक्ने अवस्था आउन सक्ने भएकाले युक्रेनी महिलाले आफ्ना बच्चाहरूको शरिरमा पारिवारिक सम्पर्क लेखिरहेका छन् ।तर, युरोप भने अझै ग्यासकोबारे बहस गरिरहेको छ’, स्वतन्त्र पत्रकार अनास्तासिला लापातिनाले ट्वीट गरेका छन् ।

उक्त तस्बिर बालिकाकी आमा साशा माकोभीले तीन दिनअघि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । पोष्ट स्थानीय भाषामा छ । ‘यदि केही भयो भने कसैले उनलाई जीवित रूपमा स्वागत गर्नेछ ’ भनेर महिलाले आफ्नी छोरी भेराको नाम उनको शरीर पछाडि लेख्ने निर्णय गरेको बताइन् ।

अर्को तस्बिरमा माकोभीले आफ्नो परिवार सुरक्षित छ । उक्त तस्बिरप्रति प्रतिकृया जनाउँदै एक ट्वीटर प्रयोगकर्ताले भने, ‘ह्दयविदारक । कुनै शब्द छैन ।’ एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *