तीन जना क्रिप्टोकरेन्सी कारोबारी पक्राउ, फेला पर्यो ६६ करोड ७९ लाख ७९ हजारको कारोबार

प्रहरीको अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्यो कारोबारी सञ्जाल

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय कारोबार गर्न प्रतिवन्धित गरेको क्रिप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न एक समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयबाट ४ र ५ बैशाखमा खटेको प्रहरी टोलीले काठमाडौंको महावौद्ध, न्युरोड र कलंकीबाट अनुप मिश्र, दिपेश थापा र राहुल चचानलगायत कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

एक वर्षको अवधिमा मात्र उनीहरु तीन जनाको समूहले ६६ करोड ७९ लाख ७९ हजार प्रतिवन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेका पाईएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी (प्रहरी उपरीक्षक) कृष्णप्रसाद कोइरालाले बताएका छन् । उनीहरुलाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम अनुसन्धान तथा थुनाका लागि प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रवक्ता कोइरालाको भनाइ छ ।

पक्राउ परेमध्ये अनुप मिश्रले मात्र सन् २०२१ मे देखि हालसम्म BINANCE Accountगलत प्रयोग गरी ३५ करोड ४६ लाख ८३ हजार ६ सय रुपैयाँको क्रिप्टोकरेन्सी कारोबार गरेका प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । मिश्रसँग १२ हजार ८ सय ३२ डलर बराबरको बिट क्वाईन मौज्जाद भेटिएको छ ।

अर्का कारोबारी दिनेश थापाले सन् २०२१ मे देखि हालसम्म २ वटा BINANCE Account गलत मार्फत २४ करोड ७९ लाख ५६ हजार ९ सय रुपैयाँको कारोबार गरेका छन् । त्यस्तै राहुल चचानले ६ करोड ५३ लाख ३९ हजार रुपैयाँ भन्दा बढीको कारोबार गरेका प्रहरीको अनुसन्धानमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *